२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालका खोलानाला भारतलाई जिम्मा लगाउने काममा सरकारको ध्यान केन्द्रित: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको ध्यान नेपालका खोलानाला भारतलाई जिम्मा लगाउनेमा केन्द्रित भएको बताएका छन्।

उनले प्रतिनिधिसभामा बिहीबार भएको बजेट माथिको छलफलमा यस्तो टिप्पणी गरेका हुन्। ‘सरकार भारतलाई कसरी खोलानाला जिम्मा लाउने भन्नेमा ध्यान गएको छ’, अध्यक्ष लिङ्देनले भने।

सरकारले नेपालका अधिकांश खोलानालाहरु भारतलाई बेचिसकेको उनले आरोप लगाए। ‘शेरबहादुर जी भारत गएको बेला पश्चिम सेतीलगायत बेच्नुभयो। अहिले फुकोट कर्णाली, अरुण तेस्रो बुझाइयो’, अध्यक्ष लिङ्देनले भने। उनले अब केही खोला मात्र बाँकी रहेको उल्लेख गरे।

अध्यक्ष लिङ्देनले नेपाल सरकारमा भारतले लगानी गरेन भने हाम्रो देशमा विद्युतनै उत्पादन हुदैन, भारतले त्यो विद्युत किनेन भने बिक्रि हुदैन भन्ने भ्रम रहेको उल्लेख गरे। ‘त्यसैले कसरी हुन्छ भारतलाई विद्युत जिम्मा लगाउने ध्यान छ’, उनले भने।

अध्यक्ष लिङ्देनले स्वदेशमा विद्युतको खपत बढाउने, व्यवसायीहरुलाई सहुलियत दरमा विद्युत दिने, हाइड्रोजन उत्पादन र मल उत्पादन तर्फ सरकारको ध्यान नगएको उनले बताए। दुग्ध विकास बोर्ड, कपास विकास समितिलगायतका संस्था खारेज गरेकोमा उनले आपत्ति जनाए।

प्रकाशित: २५ जेष्ठ २०८० ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App