८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रिय युवा संघको प्रवक्तामा निरोज पौडेल

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कार्यविभाजन गरेको छ। जसअनुसार युवा संघको प्रवक्ताको जिम्मेवारी निरोज पौडेलले पाएका छन्।

यसैगरी उपाध्यक्षहरुलाई प्रदेशको उप्रेरक तोकिएको छ। जसअनुसार कोशीमा कृष्णहरि केसी,मधेशमा पुष्पराज श्रेष्ठ,बागमतीमा सिता सुबेदी,गण्डकीमा रमेश तिवारी,लुम्बिनीमा अमित लामा,सुपमा महाराज गुरुड,कर्णालीमा प्रकाश गौतम रहेका छन्।

त्यसै गरि संगठनका दैनिकी कामसंग सरोकार राख्ने प्रमुख विभागहरुको पनि जिम्मेवारी तोकिएको छ। बिनय शाहलाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने राकेश राईलाई कोषाध्यक्षको जिम्मवारी दिइएको छ।  

त्यस्तै अमित पौडेललाई युथफोर्स, अजित लामालाई साइबर सर्कल, सम्पन्न श्रेष्ठलाई खेलकुल र कृष्णदत्ता जैशीलाई कार्यालय विभागको जिम्मेवारी दिएको युवा संघले जनाएको छ।

संघको ९औ राष्ट्रिय महाधिबेशन नेपालगंजमा सम्पन्न भएको थियो।

प्रकाशित: २४ जेष्ठ २०८० १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App