coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ सरकार गठनका लागि मार्ग पशस्त गर्न कांग्रेसको आग्रह

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले अल्पमतमा रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरेको छ।

नेपाली कांग्रेस कोशीको संसदीय दलले बुधबार विज्ञप्ति सार्वजनिक गरी वर्तमान सरकार अल्पमतमा परिसकेकाले नैतिकताका आधारमा तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा सत्ता साझेदार दलहरु जसपा र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे पछि अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुको साटो संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरेर जनताको थलो संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाइएको छ।

कांग्रेसले सरकारले प्रदेशको नीति कार्यक्रम तथा बजेट अध्यादेशबाट ल्याउन चालेको गलत कदमको भत्साना पनि गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०८० १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App