coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको सांसद दाहालको आरोप

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरुलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको बताए।

उनले साभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गरे। उनले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर बैठक सञ्चालन गर्न आग्रह गरे।

उनले भने,‘मैले भन्नैपर्छ, अस्ति रोष्टमममा उभिएर प्रधानमन्त्रीले जवाफ दिँदैजाँदा यहाँहरुको माग बमोजिम, अघिल्लो दिन यहाँहरुले अवरोध गर्नुभयो। अघिल्लो दिन सदन अवरोध गर्नुभयो। यहाँहरुको माग थियो प्रधानमन्त्री सदनमा आउनुपर्छ। र उहाँले जवाफ दिनुपर्छ। तपाइहरुले प्रश्न गर्नुभयो। प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिँदाखेरी उहाँले जवाफ दिन पाउनुभएन। तपाईहरुले प्रधानन्त्रीको हुर्मत लिनुभयो। हेप्नुभयो। सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ। हामी हरेक सांसदहरु स्वतन्त्र छैनौँ। सभामुख पनि स्वतन्त्र हुनुहुन्न। संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ। हामी संविधानको मातहतमा रहेर, प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधि सभा नियमावलीको उल्लंघन गर्नुभएको छ। रोष्टममा तपाईले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि, माननीय सांसदहरुलाई रुलिङ गर्ने? प्रधानमन्त्रीलाई तपाई चुप लाग्नुस् उहाँहरुले बोल्नुहुन्छ भनेर। हाम्रो प्रतिनिधि सभा नियमावलीले प्रष्ट लेखेको छ, एक पटक एउटा विषयमा प्रश्न उठाइसकेपछि बारम्बार उठाउन पाइँदैन। रघुजी पन्तले चारचोटी बोल्नुभयो। योगेश भट्टराईले बोल्नुभयो। त्यसकारणले गर्दा कमसेकम प्रतिनिधि सभा नियमावलीको मातहतमै रहेर सदन सञ्चालन गर्न र त्यसरी एकपटक स्पष्टिकरण दिइसकेपछि थप फेरि प्रश्न गर्न पाइँदैन। प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका आदरणीय नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार सभामुखले दिनुभएको छ। त्यसकारणले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर सदन सञ्चालन गर्न निवेदन गर्दछु।’

प्रकाशित: २४ जेष्ठ २०८० ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App