१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले भने: इपीजी कुन ठूलो कुरा हो भन्ने जवाफ भारतबाट आयो

प्रधानमन्त्री पुष्पकमल दाहालले इपीजीबारे भारतबाट कुन ठूलो कुरा हो भन्ने जवाफ आएको बताएका छन्। 

बुधबार राष्ट्रियसभामा सम्बोधनको क्रममा दाहालले  इपीजीबारे भारतले कुन ठूलो कुरा हो भन्ने जवाफ दिएको बताएका हुन्।

उनले आफूले भारत भ्रमणको क्रममा इपीजीबारे कुरा उठाएको र इपीजी कुन ठूलो कुरा हो भन्ने जवाफ भारतबाट आएको बताएका छन्। उनले भने,'भ्रमणको क्रममा इपीजीबारे कुरा उठाएको थिए। अर्को पटक वातावरण बनाएपछि इपीजी कुन ठूलो कुरा हो भन्ने जवाफ आएको थियो।'

नेपाल–भारत प्रबुद्ध समूहले सिमा लगायतका विवादित विषयको अध्ययन गरी सुझाव सहित इपीजी प्रतिवेदन तयार पारेको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म समय नदिएका कारण इपीजी बारे छलफल नभएको बताइन्छ।  

इपीजीले नेपाल–भारतविचको पारस्पारिक सम्मान र समानताको आधारमा सम्बन्ध स्थापना गर्न सन १९५० को सन्धि बाधक भएको प्रतिवेदनले ठहर गरेको थियो। सन् १९५० को नेपाल–भारतबीचको सन्धिको विवादमा रहेका विषयलाई पुनरावलोकन गर्न नेपाल तथा भारत सरकारको आपसी सहमतिमा २०७२ साल माघ १४ गते नेपाल भारत प्रवुद्ध समूह गठन भएको थियो।

प्रकाशित: २४ जेष्ठ २०८० ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App