६ वैशाख २०८१ बिहीबार
राजनीति

जुम्लाबासीलाई टेलिफोनबाटै बाबुरामको आश्वासनः प्रत्येक गाउँमा विद्युत्, सडक र खानेपानी

जुम्ला– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्। जुम्ला आउने ईच्छा हुँदाहुँदै पनि प्रतिकुल मौसमका कारण पुग्न नसकेकोमा उनले दुःख व्यक्त गरे ।

टेलिफोनबाटै सम्बोधन गर्नेक्रममा डा. भट्टराईले आर्थिक समृद्धि कर्णालीबाट गर्ने बताएका छन्। कर्णाली स्रोत साधन र सम्भावनाले भरीपूर्ण क्षेत्र भएको भन्दै उनले अहिलेसम्म अभावै अभावको रुपमा परिचित हुनुपरेको बताए। कर्णालीको बेरोजगारी र गरिबीलाई नयाँ शक्तिले मात्रै हटाउन सक्ने दाबी गरे।

टेलिफोन सम्बोधनका क्रममा उनले आर्थिक क्रान्ति गरेर कर्णालीलाई नेपालको समृद्ध क्षेत्र घोषणा गर्ने बताए । कर्णालीका प्रत्येक गाउँ तथा नगरपालिकामा विद्युत्, सडक, खानेपानी पुर्याइने उनको भनाइ छ। कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क बनाउने र कर्णालीको परम्परागत प्रविधिलाई अपनाउँदै स्वरोजगार जन्य कृषि उत्पादनमा जोड दिइने बताए।

बिहान नेपालगञ्जदेखि उडेको जहाज कालिकोट क्षेत्रवाटै फर्केपछि उनी जुम्ला पुग्न सकेका थिएनन् ।

प्रकाशित: २४ चैत्र २०७३ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App