१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक सम्बन्धी सर्वोच्चको अन्तरिम आदेश विरुद्ध जनकपुरमा विरोध प्रदर्शन

सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशको विरुद्धमा जनकपुरमाटायर बालेर विरोध प्रदर्शन भएकाे छ।

आज छ दलीय विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको हो।नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका नागरिकता विधेयकलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेशसँगै पाँच दलीय विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।

जनकपुरको भानु चौकबाट निकालेको विरोध र्‍याली जनक चौकमा कोणसभामा परिणत भएको थियो । जनक चौकमा टायर बाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच धक्का मुक्का समेत भएको छ ।  

प्रकाशित: २३ जेष्ठ २०८० १३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App