coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एघार सय गाडीमा ‘सेटिङ’ ले काम गरेको छ: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर बढाइएका विद्युतीय गाडी ‘सेटिङ’ ले गर्दा बजेट भाषण अघिनै आएको बताएका छन्।

‘११ सय गाडीमा बहुत नयाँ क्यालकुलेटर चलेको छ। त्यहाँ आर्टिफेसियल इन्टेलिजेन्सले काम गरेको छैन। त्यहाँ सेटिङले काम गरेको छ’, उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा भने।

बजेटमा यस्ता गाडीहरुको कर बढ्दै छ भन्ने जानकारी पहिल्यै दिइएकाले त्यस्ता गाडी बजेट अघि नेपाल भित्रिएको अध्यक्ष ओलीको जिकिर थियो। उनले यसैलाई सेटिङका रुपमा व्याख्या गरेका हुन। 

व्यवसायीले कर बढाइएका गाडी बजेट पूर्व नै ल्याउँदा राज्यलाई करमा ९० करोड घाटा लागेको बताइएको छ।

उनले बजेट निराशाजनक रहेको र यो नेपालीको हितमा नरहेको टिप्पणी पनि गरे। ‘आम नेपाली जनताको आकाक्षां र उनीहरुको आवश्यकता प्रतिनिधित्व यसले गर्न सकेन। युगिन आकाक्षालाई सम्बोधन गर्न सक्दैन’, अध्यक्ष ओलीले भने, ‘यो कुरालाई नोट गरेर राखे हुन्छ।’

उनले यो बजेट नाडी नछामीकन र आँखा नहेरीकन लेखिएको टिप्पणी पनि गरे। र, यसको जनतासँग कुनै सम्बन्ध नभएको बताए।

प्रकाशित: २३ जेष्ठ २०८० १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App