coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक समय सारियो

फाइल तस्बिर

आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी गरी अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको छ। बैठक साढे दुई घन्टापछि बस्ने गरी सूचना जारी गरिएको हो।

सङ्घीय संसद्का महासचिवद्वारा जारी सूचनामा ११ बजे बोलाइएको सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले आजै दिनको १ः३० बजे बैठक बस्ने गरी निर्धारण गरेको  जनाइएको छ।

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण सुरु हुन नसकेको हो। आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक भने सूचना टाँसेर स्थगन भइसकेको छ।

प्रकाशित: २३ जेष्ठ २०८० ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App