मंगलबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नसकेको हो।
बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै एमाले राप्रपा र रास्वपाले विरोध जनाइरहेका छन्।
आजको बैठकमा सोमबारबाट सुरु भएको बजेटमाथि छलफलले निरन्तरता पाउने कार्यसूचि थियो।
प्रकाशित: २३ जेष्ठ २०८० ०६:५७ मंगलबार