coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयोः ओली

प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण देशभक्त हुन नसकेको बताएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले भारत भ्रमणका क्रममा दाहालले देशको पक्षमा उभिन नसकेको बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको र ‘प्रोटोकल’ नमिलेको दाबी गरे।

प्रधानमन्त्रीले दिल्लीमा भारतीय उच्च अधिकारीहरूसँगको भेटमा नेपाल सरकारका परराष्ट्रमन्त्री र अन्य मन्त्रीलाई सँगै नराखेर छोरीलाई राखेको भन्दै प्रधानमन्त्रीको भ्रमण देशको भन्दा पनि पारिवारिक भ्रमणजस्तो भएको टिप्पणी गरे। पूर्वप्रधानमन्त्री ओलीले जमिन सट्टापट्टा गरेर सीमा समस्या समाधान गर्ने कुरा प्रधानमन्त्रीले भारतको जमिनमा गएर गरेको विषयमा पनि आपत्ति जनाए। उनले भने, ‘डरलाग्दो कुरा यहाँ छ, बुद्धिजीवीले काठमाडौंमा सट्टापट्टा पनि गर्नुपर्छ भनेका थिए भने त्यो कुरा भन्न दिल्ली पुग्नुपथ्र्याे ? यस्तो बिगुल फुक्न दिल्ली पुग्नुपर्ने थियो ?’ उनले भारतीय भूमिमा गएर त्यस्तो कुरा गर्न नहुने भन्दै बंगलादेश मोडेलमा जाँदा नेपाललाई केही फाइदा नहुने बताए।  

उनले अन्तर्राष्ट्रिय कानुनबमोजिम नै त्यो अधिकार लिन पाइने भएकाले त्यसका लागि जमिन सट्टापट्टा गर्न नपर्ने बताए। बंगलादेश र भारतले कुनै लेनदेन गरेर जमिन साटेको नभई मात्र आ–आफ्ना ठाउँमा फर्केको उनले बताए।  

उनले समुद्रसँगको पारवहनको सुविधा भूमि सट्टापट्टाको विषय नभई अधिकारको विषय भएको बताउँदै उनले भने, ‘बंगलादेश जाने बाटोसँग लिपुलेक–लिम्पियाधुरा सट्टापट्टा गर्न सकिने कुराले देश तरंगित छ।’ बंगलादेशको बन्दरगाहसम्म पुग्ने कुरा पहिले नै टुंगिसकेको उनका भनाइ थियो। ‘कुनै पनि देशको सरकारलाई आफ्नो जमिन अर्कालाई दिने अधिकार हुँदैन, संविधानमा हुन सक्ने कुरा होइन, कहीँको संविधानमा पनि यस्तो हुँदैन, यस्तो कुरा उठ्नु दुर्भाग्य हो,’ उनले भने। सुगौली सन्धिभन्दा ठुला तथ्य प्रमाण अरू हुन नसक्ने उनले बताए। समग्रमा प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको उनले बताए।  

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा बुद्धिजीवीको सल्लाहबमोजिम नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा हुँदा भारत र बंगलादेशको सीमा समस्या समाधान भएको कुरा हल गरिएको चर्चा गरिएको बताएका थिए। पूर्वप्रधानमन्त्री ओली तपाईले सबै फाँडेर आएजस्तो गर्नुभयो, तपाईंले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो, अरू ल्याएँ भनेका कुरा त पुष्टि गर्नुपर्छ,’ ओलीले भने,’ ‘आफू कम्फर्टेबल’ हुनुभयो, प्याट्रियोटिक हुन सक्नुभएन। तपाईं देशको पक्षमा उभिन सक्नुभएन।’

प्रकाशित: २३ जेष्ठ २०८० ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App