८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले सांसदहरुले अराजकता र असंसदीय चरित्रको पराकाष्ठ देखाए: सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरुले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद दाहालले एमाले सांसदहरुको संसदमा प्रश्तुती असाध्यै अराजक र अशिष्ट भएको बताएका हुन्।

एमाले सांसदहरुले प्रधानमन्त्रीको हुर्मत लिएको उनले बताए। उनले सबै खालका अराजकताहरुको संविधान, प्रतिनिधि सभा नियमावली र अनुशासनभित्र रहेर जवाफ दिने बताए। उनले प्रतिपक्ष दलका सांसदहरुले अराजकता र असंसदीय चरित्रको पराकाष्ठ नै देखाएको उल्लेख गरे।

सांसद दाहालले आजको संसद बैठकमा सभामुखको पनि तटस्थ भुमिका नभएको बताए। उनले सभामुखले अमुक पार्टीको कारिन्दा जस्तो भएर सांसदहरुलाई अराजक, असभ्य र अशिष्ट ढंगले पेस हुन मलजल गरेको पनि उल्लेख गरे।

प्रकाशित: २२ जेष्ठ २०८० १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App