२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल पुगेन: अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल पूरा नभएको बताएका हुन्।

‘परराष्ट्रमन्त्री कहाँ छन् थाहा छैन, परराष्ट्र सचिव छैनन्। परराष्ट्रको प्रोटोकल टिम छैन। अर्थमन्त्री कता छ थाहा छैन। छोरी छेउमा राख्नु भएको छ। पिए छोरी राख्नुभएको छ। परराष्ट्र मन्त्री छैन। प्रोटोकल छैन। फस्र्ट लेडी परिवारका सदस्यलाई भनिँदैन।' उनले भने।

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री दाहालले गरेको कुराकानीलाई मर्यादित रेकर्ड राखिनुपर्ने समेत उल्लेख गरे।

'तपाईँले मोदी जीसँग के के गर्नुभयो । यस्तो सम्बन्धलाई मर्यादित रेकर्ड राखिनुपर्छ। पारिवारिक हो कि? धार्मिक हो कि?, तिर्थाटन हो कि> कमजोर खालको प्रस्तुती नेपालको हुनुहुदैन्।' उनले भने। 

प्रकाशित: २२ जेष्ठ २०८० १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App