१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आर्थिक विधेयकका विशेष व्यवस्था स्वेछिच्क हुन्ः महानिर्देशक मैनाली

आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले सरकारले आर्थिक विधेयकमा गरेका विशेष व्यवस्था स्वेछिच्क भएको बताएका छन्।

सोमवार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले सोमवार संयुक्त रुपमा आयोजना गरेको ‘परिवर्तित कर नीतिः भ्रम र यथार्थ’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक मैनालीले यस्तो बताएका हुन्।

उनले आर्थिक विधेयकमा ल्याएका व्यवस्था गरेका छुट सुविधाहरु लिन करदातालाई भनेको तर बाध्यकारी नभएको पनि बताए। उनले  सरकारले अहिले आएको आर्थिक विधेयकमा आर्थिक ऐनका व्यवस्थाहरुमा केही पनि परिवर्तन नभएको उल्लेख गरे।

उनले सरकारले आयकर ऐनमा कुनैपनि संशोधन नगरेको पनि बताए। उनले करदातालाई विशेष सुविधाको व्यवस्था गर्दा अहिलेका वर्तमान समस्या समाधान सहज बनाउन खोजिएको बताए। उनले सरकारलाई राजश्वको चाप रहेकाले बढी आय भएकाहरुलाई आय करमा वृद्धि गरिएको उल्लेख गरे।

सरकारले ५० लाख भन्दा बढी आम्दानी भएकालाई ३० प्रतिशत आयकर व्यवस्था गरेको उनको भनाइ थियो। सरकारको राजश्व संकलनमा सहजता भएसँगै घटाउने पनि बताए। उनका अनुसार ५० लाख भन्दा बढी आम्दानी गर्ने करदाता १ हजार ५० रहेका छन्।

प्रकाशित: २२ जेष्ठ २०८० १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App