८ वैशाख २०८१ शनिबार
राजनीति

सांसदमा बोलेको 'भैँसी चढेर आएको' शब्दावली रेकर्डबाट हटाउन सभामुखको निर्देशन

सभामुख देवराज घिमिरले सांसदमा बाेलेकाे 'भैँसी चढेर आएको' शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री 'भैँसी चढेर आएको' भनेका थिए। त्यसपछि माओवादीका सांसदहरूले उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। उनले 'भैँसी चढेर आएको' शब्दावली हटाउन माग गरेका थिए।

उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए। उनीहरुले प्रधानमन्त्रीले नै सम्बोधनको क्रममा उक्त शब्द उच्चारण गरेको भन्दै हटाउन आवश्यक नरहेको बताएका थिए।

त्यस्तै रास्वपाका सांसद रवि लामिछानले आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको 'भैँसी चढेर आएको' शब्दालवी हटाउनुपर्ने कुनै कारण नहरेको पनि बताएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरले प्रधानमन्त्रीले भैंसी शब्द उच्चारण गरेको तर भैँसी चढेर आएको शब्दालवी उच्चारण नभएको हुँदा उच्चारण भएको मात्र हटाउन निर्देशन दिएका छन्।

प्रकाशित: २२ जेष्ठ २०८० ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App