१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपा सांसद खनालले ‘प्रधानमन्त्री भैंसी चढेर आएको कुरा आए’ भनेपछि संसद अवरुद्ध

सोमबारको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल भैंसी चढेर आएको कुरा आए भनेपछि विवाद बढ्यो।

नेकपा माओवादी केन्द्रका सांसदले नियमापत्ति जनाउदै खनालले भनेको शब्द तत्काल संसदको रेकर्डबाट हटाउन मागे गरे। यस बिषयले संसद अवरुद्ध भएको छ।

सांसद खनालले भनेका थिए, ‘हामी चाहन्थ्यौं। प्रधानमन्त्री प्लेन चढेर पोखरा विमानस्थलमा झर्नुहुन्छ भनेर दूर्भाग्यवस भैसी चढेर आएको कुरा आए।’ यसपछि पाण्डेले भने, ‘यो संसदमा भैसंी चढेर आएको शब्द अर्मादित भयो। संसदमा मर्यादित शब्द प्रयोग गर्नुपर्छ। असंसदीय शब्द रेकर्डबाट हटाइयोस । मान मर्दन नगरियोस।’

विपक्षीदलहरुले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएको भन्दै विरोध प्रर्दशन गरिरहेका छन्।

प्रकाशित: २२ जेष्ठ २०८० ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App