१६ चैत्र २०८० शुक्रबार
राजनीति

भारतीय प्रधानमन्त्री मोदीले सीमा विवादबारे स्पष्ट विचार राखेको यो पहिलोपटक हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतबाट सिमाविवाद बारे स्पष्ट विचार आएको यो पहिलो भएको बताएका छन्।  

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धि विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति भएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने, ‘भेटवार्तामा सीमा सम्बन्धि विषयहरुमा गम्भिर रुपले छलफल भएको छ। सीमा सम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भिर ढंगले आग्रह गरेको छु। यहाँहरुलाई थाहानै छ। प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ। लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धि विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो।’

प्रकाशित: २२ जेष्ठ २०८० ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App