१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतले नेपालका शासकहरुलाई बिरालोले मुसो खेलाएझैँ खेलायो: अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालको शासकहरुलाई बिरालोले मुसो खेलाएझैँ खेलाएर नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि, यहाँको प्राकृतिक, स्रोत, साधनमाथि कब्जा गर्दै गएको बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले  नेपालमा करोडौँ अंगिकृत नागरिकबाट जन्मिएकालाई बंशजको नागरिक गराएर नेपालमा भारतीयहरुले जनसांख्यिक हिसाबले बहुमत भारतीयहरुको बनाउन चाहेको उल्लेख गरे।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नागरिकता विधेयक प्रमाणिकरणका लागि जस लिन नपाएका कारण संसदमा बिरोध गरेको समेत बताए। विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उनको भनाई छ।

त्यस्तै उनले भारतीयहरुले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले बहुमत पुर्‍याउन खोजेका पनि उल्लेख गरे। भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको उनको भनाई छ।

उनले भने ‘अंगिकृतबाट जन्मिएकालाई बंशजको नागरिकता दिनै मिल्दैन। संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर। भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर। एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ। त्यसको बिरुद्धमा संगठित रुपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ। नयाँ बनेको संसदमा अखण्ड भारत भनेर हाम्रो कपिलवस्तु, रुपन्देही, लुम्बिनी, पाकिस्तानको तक्षशिला राखेर भारतीय शासकहरु अखण्ड भारत बनाउने भनेपछि भारतले के के आटिराखेको त? नेपाललाई हिन्दुराज्य बनाउने मात्रै होइन कि नेपाललाई अखण्ड भारतमा सामेल गराउने योजना छ। अहिले जुन बन्द गरिरहनु भएको छ साथीहरुले उहाँहरुले अंगिकृत नागरिकबाट जन्मिएकालाई वंशजको दिनुहुन्न भन्ने होइन कि उहाँहरुले दिन पाइएन त्यत्ति कुरा हो। अघिल्लो संसदले पारित ग¥यो नि। यदी त्यतिबेला ओलीजी नै प्रधानमन्त्री भए निधारले सही गरेर तत्कालिन राष्ट्रपतिलाई दिनुभएको। अहिलेको झगडा भनेको कसले दिने त्यो काम? त्यही हो। भारतले भूमि मिचेको बारे कुरै भएन। इपीजी बारेमा प्रश्नै उठाउनुभएन। भारतले नेपालको शासकहरुलाई बिरालोले मुसो खेलाएझैँ खेलाएर नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि, यहाँको प्राकृतिक, स्रोत, साधनमाथि कब्जा गर्दै गएको छ । सबभन्दा पहिले नेपालमा करोडौँ अंगिकृत नागरिकबाट जन्मिएकालाई बंशजको नागरिक गराएर नेपालमा भारतीयहरुले जनसांख्यिक हिसाबले बहुमत भारतीयहरुको बनाउन चाहन्छन्।’

प्रकाशित: २१ जेष्ठ २०८० ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App