१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनाव निर्धारित समयमै हुन्छ : मन्त्री गिरी

दाङ – सिँचाइ मन्त्री दीपक गिरीले सबै दललाई साथमा लिएर स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । 
रिपोर्टर्स क्लब दाङले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गिरीले सबैको भावनालाई सम्बोधन गरी सरकारले चुनाव गराउन लागि परेको बताए । 

उनले असन्तुष्ट मधेसी दललाई चुनावमा सहभागी गराउन विभिन्न बैठक तथा छलफल भइरहेको बताउँदै चुनाव हुनेमा ढुक्क हुनआग्रह गरे । 

‘लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न पनि चुनाव हुनुपर्छ, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार लाग्नेछ उनले भने ।’ 
उनले आफू सिँचाइ मन्त्री भएपछि विभिन्न सिँचाइ योजना सुरु गरेको बताउँदै सो योजना के–कति काम भयो र विकास निर्माणको बारेमा बुझ्न जिल्ला आएको बताए। रासस 

प्रकाशित: १९ चैत्र २०७३ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App