१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भोलि नेमकिपाको राजधानीमा जुलुस र धर्ना

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध भोलि आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ।

बिहान नौ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए। धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुने पनि जनाइएको छ।

यसअघि पार्टीको सचिवालयको बैठक वैशाख १७ गते बसी प्रमाणीकरण तत्काल रद्ध गर्न माग गरेको थियो। त्यसपछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ। यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुस र धर्ना गर्न लागेको जनाइएको छ।

प्रकाशित: २० जेष्ठ २०८० १४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App