१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समाज सेवा निःस्वार्थ भावनाका साथ गर्नुपर्छ: सभामुख घिमिरे

फाइल तस्बिर।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःस्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरूलाई आग्रह गरेका छन्।

सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसाबले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरुको भूमिका महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे। 

फोकस नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भौतिक रुपमा नेपाल गरिबिको चपेटामा रहेको भए पनि भाषा, कला र संस्कृतिको हिसाबले समुन्नत रहेको पनि स्मरण गराए।

समाज सेवालाई महान् कार्यको रुपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यामबाट समाजलाई माथि उठाउन सकिने बताए।

सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको पनि उल्लेख गरे। उनले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिएका छन्। 

प्रकाशित: २० जेष्ठ २०८० १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App