coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाहालले पूजा गरेको फोटो सेयर गर्दै बाबुरामले सोधे, 'हामी कता जाँदै छौं ?'

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा गरेको धार्मिक भ्रमण नेपालमा खुबै चासोको विषय बनेको छ।

नेपालको एक ठुलो कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले भारतका मन्दिरहरुमा भ्रमण गरी पूजाआज गरेको प्रसंग अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ। दाहालका समर्थकले त्यसका बचाउ गरेपनि अधिकांशले त्यसको आलोचना गरेका छन्। 

आफ्नो देशको पुशपतिनाथ मन्दिरमा कहिले विशेष पूजा नगरेका दाहालले शुक्रबार भारतको इन्दौर स्थित महाकालेश्वर मन्दिरमा भने गेरु वस्त्र लगाएर पूजा गरेका थिए। त्यतिमात्र होइन उनले १०८ किलोको रुद्राक्षको माला पनि चढाएका छन्। उनले बिरामी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेका हुन्।

प्रधानमन्त्री दाहालको यो कदमलाई उनकै पूर्व सहकर्मी तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि आलोचना गरेका छन्। अहिले भट्टराई कम्युनिष्टको मुल नारा छोडेर नेपाल समाजवादी पार्टी खोलेर बसेका छन्। उनै भट्टराईले दाहालले महाकालेश्वर मन्दिरमा पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै 'हामी कता जाँदै छौँ, देश कता जाँदै छ ?' भन्दै प्रश्न गरेका छन्।  कम्युनिष्ट नेताले मन्दिरमा पूजा गरेको सन्दर्भमा भट्टराईले यो प्रश्न गरेका हुन्।  

प्रकाशित: २० जेष्ठ २०८० ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App