२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रिया टुंग्याउने विषयमा चीनको चासो

शान्ति प्रक्रियाको बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले यस्तो बताएका हुन्। 

उनले शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता भ्रमणका क्रममा गरेको बताए। पूर्वसभामुख सापकोटाले  चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको बताए। उनले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए। उनले भेटमा चीन सरकारको तर्फबाट विभिन्न प्रतिनिधिहरुले नेपालका समस्या खुला रुपमा राख्नसके सहयोग गर्न सहज हुने प्रतिक्रिया दिएको बताए।

उनले भने, ‘हामीले चीन सरकारबाट धेरै कुरा सिक्न सक्छौँ। चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदाखेर नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्छौँ। विश्व शान्तिका लागि चीनले जो पहल गरिरहेको छ, यसमा हाम्रो पनि स्वभाविक रुपमा पहल कदमी हुनुपर्नेछ। शाीन्त प्रक्रिया लगायतका कुराहरु पनि महत्वपूर्ण विषयका रुपमा अघि आएको हुनाले त्यस सम्बन्धमा व्यापक, विस्तृत छलफल भएको छ। सबैभन्दा ठूलो भेटघाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जसलाई त्यहाँ मन्त्री भनिन्छ, उहाँसँग नै भयो। विभिन्न प्रान्तका सेक्रेटरी र सरकार प्रमुखका रुपमा रहेका प्रमुखसँग भेट भयो। दुई देशका बीचमा देखापरेका समस्याका बारेमा छलफल भयो। उहाँहरुले नेपालको शान्ति प्रक्रियाको बारेमा पनि चासो राख्नुभएको थियो। हामीले तपाईहरुले सहज गर्नुपर्छ भनेका छौँ, उहाँहरुले हामीले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन जस्तोसुकै सहयोग गर्न पनि तयार छौँ, असल मित्रको हैसियतले सबैकुरा भनिदिनुभयो भने सहयोग गर्न सहज हुन्थ्यो भन्नुभयो।’

प्रकाशित: १९ जेष्ठ २०८० ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App