भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको साझेदारीलाई ‘सुपरहिट’ बनाउन चाहेको बताएका छन्।
बिहीबार साँझ सामाजिक संजाल ट्विटर मार्फत उनले नेपालसँग नौ वर्षअघि गरेको परियोजनाहरूको स्मरण गर्दै भारत र नेपालबीचको 'हिट' मित्रतालाई अझ ‘सुपरहिट’ बनाउन चाहेको जिकिर गरे। उनले दुई देशको साझेदारी अझ व्यापक भएको समेत उल्लेख गरे।
उनले ट्विटर मार्फत नेपाली भाषामा लेखेका छन् 'नौ वर्षअघि मैले भारत–नेपाल सम्बन्ध विशेषतः –हाइवेज, आई–वेज, ट्रान्स–वेज–बीचको ‘हिट; मित्रता बारे कुरा गरेको थिएँ। त्यस यता हाम्रो साझेदारी अझ व्यापक भएको छ र यो साझेदारी र यी परियोजनालाई हामी ‘सुपरहिट’ बनाउन चाहन्छौँ।'
प्रकाशित: १८ जेष्ठ २०८० १६:२८ बिहीबार