१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल र भारतबीच द्विपक्षीय वार्ता जारी

नेपाल र भारतबीच द्विपक्षीय वार्ता जारी छ। चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच बिहीबार नयाँदिल्लीको हैदरावाद हाउसमा वार्ता भएको हो। 

भारतको तर्फबाट द्विपक्षीय वार्तामा उद्योग वाणिज्य मन्त्री पियुष गोयल र पेट्रोलियम तथा प्राकृतिक गैस मंत्री हरदीप सिंह पूरी, भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनयमोहन क्वात्रा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव उपस्थित रहेका छन्।

यसअघि प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको थियो। 

प्रकाशित: १८ जेष्ठ २०८० ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App