चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमणकाे दाेस्राे दिन आज महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्।
बिहीबार बिहान दाहालले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन्। सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए। प्रधानमन्त्री दहालसँग भ्रमण टोलीमा सहभागी मन्त्रीहरु पनि साथ थिए ।
आजै प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्। दाहाल र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यसूची रहेकाे छ।
कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ । वान टु वान वर्तापछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ ।
प्रकाशित: १८ जेष्ठ २०८० ०५:४४ बिहीबार