२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर महानगरले आर्थिक वर्ष २०८०-२०८१ को वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका सन्दर्भमा छलफल गर्न ललिपुराका सांसदहरूसँग छलफल गरेको छ। सांसद उदयशमशेर राणाले तीन तहको सरकारबीच योजनामा डुप्लिकेसन रहेको स्वीकार गर्दै संघीय संसादको भूमिकामा ललितपुर महानगरसँग योजनाहरूमा समन्वय गर्ने बताए। ललितपुर महानगरभित्र सार्वजनिक जग्गा अतिक्रमण धेरै भएको स्पष्ट पार्दै ललितपुर महानगरले पार्किङलाई अबको आर्थिक वर्षको योजनामा प्राथमिकता राख्नुपर्ने बताए। अबको आर्र्थिक वर्षदेखि बजेट साइकल बदलिएको बताउँदै उनले भने, ‘पुँजीगत खर्चका लागि बजेट साइकलले सहयोग गर्छ।’ बजेट साइकल अब १२ प्लस ४ महिनाको हुने जानकारी गराए।

सांसद तोसिमा कार्कीले दैनिक हजारौं नेपाली नागरिक बिदेसिएको अवस्थालाई इंगित गर्दै उनले महानगरले पार्ट टाइम जबको अवधारणा ल्याउन सुझाइन्। ललितपुर महानगरको वडा नं १४ मा रहेको उमा महेश्वर स्वास्थ्य सेवा केन्द्र तथा परिवार नियोजन संस्थागत क्लिनिकमा भएका स्वास्थ्य उपकरण वर्षौंदेखि प्रयोगविहीन भएको तर्फ इंगित गर्दै वडामा रहेको स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गर्नुपर्ने अनुरोध गरिन्।

सांसद पे्रम महर्जनले नागरिकलाई अनुभव गर्न सक्ने गरी विकास गतिविधि अनुभूति गराउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए।  

प्रकाशित: १८ जेष्ठ २०८० ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App