८ वैशाख २०८१ शनिबार
राजनीति

दिल्लीमा प्रम दाहाललाई नेपाली राजदुतले स्वागत गरे

चारदिने अपौचारिक भ्रमणमा आज भारतको नयाँ दिल्लीमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिल्लीस्थित नेपाली दूतावासमा स्वागत गरिएको छ। 

भारतका लागि नेपालका आवासीय राजदूतमा डा.शंकर प्रसाद शर्माले रात्रीभोजको आयोजना गरि प्रधानमन्त्री दाहाल सहितको टोलीलाई स्वागत गरेका हुन ।

स्वागतको क्रममा उनले प्रधानमन्त्री दाहालको भ्रमण  नेपाल भारतको सम्बन्धमा कोशेढुंगा सावित हुने विश्वास लिएको पनि बताए। 

नेपाली दुतावासले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दैै  प्रधानमन्त्री दाहालले  भारत र नेपालबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाई दिने मजबुद र जनस्तरसम्म लैजानु भ्रमणको मुल उदेश्य रहेको जानकारी दिए । भोलि जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता भई दिपक्षीय बार्ता हुने कार्यक्रम रहेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए । स्वागत कार्यक्रममा नेपाली उच्चस्तरीय प्रतिनिधी मन्डल लगायत भारती विदेश राज्यमन्त्री मिनाक्षी लेखीको पनि उपस्थीती रहेको छ। 

आजै प्रधानमन्त्री पुष्पकमल दाहाललार्इ इन्दिरा गान्धी अन्तरास्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी हुन।

आज  अपरान्ह नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ४० मिनेटको समयमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन्।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन्। टोलीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन्।

प्रकाशित: १७ जेष्ठ २०८० १६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App