८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री दाहाल र भारतका सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता

तस्बिर: नागरिक

चार दिने दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री बसेको होटेल मौर्यामा प्रधानमन्त्री दाहाल र डोभालबीच भेटवार्ता भएको हो। डोभालसंगै विदेश सचिव विनयमोहन क्वात्रा पनि भेटमा सहभागी थिए।

प्रधानमन्त्री दाहाल औपचारिक भ्रमणका लागि आज अपराह्न नेपाल एयरलाइन्सको विमानबाट भारत प्रस्थान गरेका हुन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरू पाँच जना मन्त्रीहरु पनि सहभागी छन्। टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन्।

प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन्।

प्रकाशित: १७ जेष्ठ २०८० १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App