coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक पारित भएपछि दिल्ली उडेका प्रधानमन्त्रीले जहाजमा भने: ‘यो गज्जब काम भयो’

दिल्ली भ्रमणमा जाँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण ठिक भएको बताएका छन्। 

'विधेयक प्रमाणीकरणपछि दुई थरी विचार बाहिर आए पनि यो गज्जबको काम भएको छ।' उनले जहाजमा भने।

नागरिकता विधेयक संसदबाट बहुमतले पास भएको थियो। यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेपछि अड्किएको थियो।

बुधबार प्रधानमन्त्री दाहाल भारत भ्रमणमा निस्किनु केही समय अघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक पारित गरेपछि नागरिकबाट वञ्चित समुदायलाई नागरिकता पाउने सुनिश्चितता भएको छ।

नागरिकता विधेयक प्रमाणीकरण गरे लगत्तै प्रधानमन्त्री दाहाल राष्ट्रपति निवास पुगेर धन्यवाद दिएका थिए।

प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल चढेको नेपाल एयरलाइन्सको जहाज २:४० मा दिल्ली स्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

प्रकाशित: १७ जेष्ठ २०८० ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App