७ वैशाख २०८१ शुक्रबार
राजनीति

पहिचान पक्षधरलाई वार्तामा आउन सरकारको आग्रह

फाइल तस्बिर।

प्रदेशको नाम कोशीप्रति असन्तुष्टि राखी आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रदेश सरकारले आह्वान गरेको छ। 

मंगलबार प्रेस विज्ञप्ति जारी गरी कोशी प्रदेश सरकारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेको हो। प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरिएको जनाइएको छ।

‘नामाकरणको विषयमा रहेका विमतीहरूलाई शान्तिपूर्ण रुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायत सरकारमा सहभागी दलहरूले पनि आन्दोलनकारीका माग वार्ताका माध्यमबाट समाधान गर्न प्रदेश सरकारलाई आग्रह गर्दै आएका थिए।

जेठ १४ गतेदेखि सुरु भएको कोशी प्रदेश सरकारको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्ने सांसदहरूले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाउन आग्रह गरेका थिए। वार्ताबाट समस्या समाधान गर्न चौतर्फी दबाब परेपछि प्रदेश सकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वार्ता र संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका थिए।

मंगलबार भने सरकारले विज्ञप्ति जारी गरी वार्ताका लागि औपचारिक आह्वान गरेको छ।

 

प्रकाशित: १६ जेष्ठ २०८० १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App