१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन सक्दैनः ओली

फाइल तस्बिर।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन्।

सोमवार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट दर्शा पनि समाधान नदिने बताएका हुन्। उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने प्रतिक्रिया दिए।

उनले भने, ‘बजेटले संकत दर्शाउछ तर संकटको समाधान केही पनि दिदैन।’

उनले सरकारले ल्याएको बजेटको बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८० १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App