१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तहमा कर्मचारी अभाव हुँदा काममा भार

सवै वडाहरूको काम हेर्ने गरि पुलुमा स्थापना गरिएको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको कार्यालय । यो कार्यालय देखि अन्य वडाहरुमा पुग्न ४ घण्टा देखि एक दिनसम्मको समय लाग्ने गर्दछ । तस्विर : सुमन मल्ल

मुगु – संघीय संरचना अनुसार जिल्लालाई एक नगरपालिका, तीन गाउँपालिका र ४५ वटा वडा पालिकामा विभाजन गरिएपछि स्थानीय तहमा जनशक्ति अभाव भएको छ ।
 पहिलेको संरचनामा २४ वटा गाविसमा २४ सचिव रहे पनि अहिले वडामा नै सचिव बस्नु पर्ने भए पछि कर्मचारीको अभाव भएको छ । तिनवटा गाउँपालिका र एउटा नगरपालिकाका लागि कार्यकारी अधिकृत र ४५ वडाका लागि वडा सचिव खटाउने सरकारले निर्णय गरे पनि अहिलेसम्म कार्यकारी अधिकृत जिल्लामा पुगेका छैनन् भने वडाहरूको संख्याका आधारमा सचिव नआए पछि एक जनाले धेरै वडाको काम गर्नुपर्दा कार्यबोझ थपिएको छ ।   सरकारले छिट्टै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरिसकेकाले पुनसंरचना अनुसार केही दिनमा नै कर्मचारी व्यवस्थापन गरिने जिल्ला समन्वय समितिका संयोजक विजयराज पौडेलले जानकारी दिए । 
छायानाथ रारा नगर पालिका र त्यस भित्र रहेका १४ वटै वडाको जिम्मेवारी आफूले सम्हालिरहेको नगरपालिकाका १४ वटै वडाको काम पनि हेरिरहेको नगरपालिकाका कार्यकारी अधिकृत गोपिचन्द्र प्याकुरेलले बताए । नगरपालिकाका सबै वडाहरुमा कर्मचारी नपुगे पछि नगरपालिका कार्यालयमा रहेका कर्मचारीलाई काम गर्न भ्याई नभ्याई भएको नगरपालिका कार्यालयका लेखा सहायक उपर मल्लले बताए ।
वडा कार्यालयहरुमा कर्मचारी नभए पछि १४ वटै वडाका सेवाग्राही नगरपालिका कार्यालयमा आउने गरिरहेका छन । जिल्ला समन्वय समितिले तत्कालका लागि मन्त्रालयले खटाएका कार्यकारी अधिकृत नआउन्जेलसम्मका लागि मुगुम कार्मारोङ्ग गाउपालिकाका लागि मणिचन्द्र कार्की, छायानाथ रारा नगरपालिकाका लागि नन्दबहादुर मल्ल, खत्याडका लागि अमृत शाही र सोरुका लागि राजेन्द्र महतलाई कायम मुकायम कार्यकारी अधिकृतका रुपमा खटाएको थियो भने अन्य सचिवलाई वडा कार्यालयमा काम गर्ने निर्देशन दिएको थियो । जिल्लाका सबै स्थानमा गाउँ पालिका र सदरमुकाममा नगरपालिकाका कार्यालय स्थापना गरिए पनि वडा कार्यालयहरु भने स्थापना हुन सकेका छैनन । गाउपालिका र नगरपालिका भित्रका वडाहरुले अहिले सम्बन्धित गाउँपालिका मार्फत काम गरिरहेका छन ।
 

प्रकाशित: ९ चैत्र २०७३ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App