८ वैशाख २०८१ शनिबार
राजनीति

विराटनगरमा झडप,प्रहरीद्धारा अश्रुग्याँस प्रहार

प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन।  

प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति समान्य बनाउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको बताएको छ। प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ।

प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजे पछि प्रहरी प्रदर्शनकारीबीच झडप भएको हो।आजै कोशी प्रदेशको बजेट अघिबेशन शुरु हुन केही समय अगाडि यो घटना भएको हो । 

यस अघि विहान कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले विराटनगरबाट  पक्राउ गरेको थियो।पक्राउ पर्नेमा किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातेसु राई, उपाध्यक्ष देवान राई, भीम राईलगायत  २७ जना पक्राउ परेका छन्। यसैविच केहीबेर अघि कोशी प्रदेश सभाको बैठक शुरु भएको छ। 

प्रकाशित: १४ जेष्ठ २०८० ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App