८ वैशाख २०८१ शनिबार
राजनीति

गौर नगरपालिकाको एक वर्ष: सडक निर्माण पहिलो प्राथमिकतामा

रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आफ्नो कार्यकालको पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेका छन्।

शनिबार प्रमुख साहले आफ्नो कार्यकालको पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेका हुन्।

नगर प्रमुख साहले विकास निर्माणको कार्य, बाटो ढलान, नयाँ ट्रयाक संचालन, नाला निर्माण, विजुलीको पोल सार्ने कार्य, शहरी विकास परियोजनाको अवरुद्ध कार्यलाई सुचारु, तिन वटा पोखरीमा सूर्य मन्दिरको निर्माण, लालबकैया नदीको बाँधको चार स्थानमा आरसिसि ढलान, अलपत्र रहेको झुलुंगे पुलको निर्माण सम्पन्न भई सुचारु, शिक्षाको क्षेत्रमा विद्यालयहरुमा नियमित रुपमा निरीक्षण गरेर सुधार गर्दै, स्वास्थ्य क्षेत्रमा सिसवामा बर्थिंग सेन्टर, वडा नम्वर १ मा ल्याव संचालन, सरसफाइको क्षेत्रमा नियमित रुपमा फोहर ब्यवस्थापन, बारुण यन्त्र क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था लगायतका कार्यहरु सम्पन्न गरेको बताए।

नगरपालिकाबाट संचालित क्षेत्रगत योजनाहरु भौतिक पूर्वाधारतर्फ एक वर्षदेखि अलपत्र रहेको गौर २ अन्तर्गत पर्ने शिवराज मुखियाको घरदेखि शान्ता चलचित्र मन्दिरसम्मको सडक तथा नाला निर्माण, कृषि विकास बैंकदेखि शिवालय मन्दिरसम्म सडक तथा नाला निर्माण, गौर ४ मा वर्षौंदेखि अतिक्रमण गरी राखेको बकैया नदी तटबन्धको अधिकार क्षेत्रको जग्गा अतिक्रमण मुक्त गराई गौर २ को महादेव स्थानदेखि वडा नम्बर ४ को सावणांमाई मन्दिरसम्म वैकल्पिक बाटो निर्माण, टि.भी. एस.यू.हेल्भिटासबाट ब्लैक लिस्टेड योजनाको रूपमा रहेको गौर बरहवा खोलामा फेब्रिकेटेड झोलुङ्गे पुलको यसै आर्थिक वर्षमा काम सुचारु गर्न लगाई निर्माण सम्पन्न गरी उद्घाटन भएर समुदायलाई हस्तान्तरण, गौर २ वानेश्वरनाथ मन्दिरनजिक बकैया नदीमा ४ करोड २९ लाखको लागतमा झोलुङ्गे पुलको निर्माणको लागि बोलपत्रका माध्यमबाट ठेक्का सम्झौता तथा शिलान्यासको काम सम्पन्न भई निर्माण कार्य सञ्चालन, गौर २ मा विवाह मण्डपसहितको सामुदायिक भवन निर्माणको कार्य अगाडि बढाइएको नगर प्रमुख साहले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ।

यसै गरी हिंसापीडित महिलाहरुको व्यवस्थापनका लागि गौर १ मा आश्रयस्थल निर्माण कार्य अगाडि बढाइएको, गौर ८ र ९ जोड्ने तथा कृषि क्षेत्रमा समेत टेवा पुग्ने उद्देश्य राखी काली मन्दिरदेखि सेना क्याम्पसम्म सडक ढलानको कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको, वर्षौदेखि कच्ची सडककै रुपमा रहेको तथा नालाको अभावमा वर्षातमा दुबानजस्तै हुने गौर ५ कोइरीटोल अन्तर्गत पर्ने ब्रह्मदेव महतोको घरदेखि सिकिन्द्र कुशवाहाको घर हुँदै शोभाकान्त ठाकुरको घरसम्म ४६ लाख ७१ हजारको लागतमा सडक ढलान तथा नाला निर्माण गरिएको, गौर ४ गढवाटोलको चित्रगुप्त नगरदेखि गढ़वा उतरी सीमानासम्म सडक ढलान र नाला निर्माणको कार्य प्रारम्भ गरी अन्तिम चरणको अवस्थामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ।

ऐतिहासिक महत्व बोकेको देशकै पुरानो कलाकुञ्ज पुस्तकालयको अधुरो भवन निर्माणको काम अगाडि बढाइएको, गौर तथा राजदेवी नगरपालिका जोड्न बरहवा तालमा पुल कल्भर्ट निर्माणको काम अगाडि बढाइएको पनि नगर प्रमुख साहले बताएका छन्।

त्यस्तै आधारभूत विद्यालय महादेवपट्टीमा विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरिएको, गौर ९ मा मुस्लीम समुदायको कब्रगाह जाने पक्की बाटो निर्माण गरिएको, गौर ३ मा चन्देश्वर राउतको घरदेखि पोखरिया टोला जाने सडकसम्म सडक तथा नाला निर्माणको काम सम्पन्न भएको, गौर र टिकुलिया जोड्ने पुरानो अतिक्रमित बाटोलाई अतिक्रमण मुक्त गराई सडक निर्माणको काम सम्पन्न गरेको उनले बताए।

गत एक वर्षे कार्यकालमा कार्यकालमा नगरीमा ३ किलोमिटर आरसिसि सडक ढलान, ३ किलो मिटर नाला, १ किलो मिटर सडक ग्रावेल र १ किलो मिटर नया सडक ट्रायक खोलिएको पनि उनले बताए।

प्रगति विवरणमा नगर उपप्रमुख शैलदेवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, नगर प्रवक्ता अर्जुन सिहसहितका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

प्रकाशित: १३ जेष्ठ २०८० ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App