८ वैशाख २०८१ शनिबार
राजनीति

जलहरीमा करोडौं हिनामिना आरोपमा एमालेको आपत्ति, सदन अवरुद्ध

प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार दिनभर प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्यो। दुई दिनअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार बैठक अवरुद्ध गरेको हो। सांसद दाहालले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीका नाममा पित्तल लगाएको आरोप लगाएका थिए। दाहालको आरोप अस्वीकार गरेको एमालेले यस विषयमा सरकारको धारणा माग गर्दै बैठक अवरुद्ध गरेको हो।

एमालेका सांसद्ले शुक्रबार रोस्ट्रम घेराउ गरी ओलीमाथि माओवादी केन्द्रका सांसद दाहालले लगाएको आरोप फिर्ता लिनुपर्ने र उनलाई माफी मगाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरियो। स्थगित बैठक ३ बजे बस्ने सूचना जारी गरियो ३ बजे पनि बैठक बस्न नसकेपछि साझ ६ बजे बैठकका लागि बोलाइएको थियो। साँझ ६ बजे पनि बैठक बस्न नसकेपछि शनिबारसम्म स्थगित गरिएको छ। बैठक शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको छ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने, छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने, प्राप्त संशोधनलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्ने, नीति तथा कार्यक्रमलाई पारित गर्ने कार्यसूची बैठकको थियो। बैठक सुरु भएलगत्तै एमाले सांसदले पशुपतिनाथको मन्दिरमा राखिएको जहलरीका विषयमा माओवादी केन्द्रका सांसद दाहालले लगाएको आरोप झुटो भन्दै आपत्ति जनाए। दाहालले बुधबारको बैठकमा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारका पालमा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिद र पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने नाममा अनियमितता भएको बताएका थिए। उनले पशुपतिनाथ मन्दिरमा सुनको भन्दै पितलको जलहरी लगाएर अनियमितता गरिएको दाबी गरेका थिए।

 स्थगित बैठक ३ बजे बस्ने सूचना जारी गरियो ३ बजे पनि बैठक बस्न नसकेपछि साझ ६ बजे बैठकका लागि बोलाइएको थियो। साँझ ६ बजे पनि बैठक बस्न नसकेपछि शनिबारसम्म स्थगित गरिएको छ। बैठक शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको छ।

दाहालको उक्त अरोपप्रति आपत्ति जनाउँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनुपर्ने बताए। उनले आफ्नो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसद दाहालले माफी माग्नुपर्ने बताए।

 ‘सदन रोक्न हामीलाई रहर छैन, हामी प्रष्ट छौं, हाम्रो प्रयास त्यही नै हो’, नेम्वाङले भने, ‘यति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी बैठकमा भाग लिन सक्छौं।’ उनले सत्तारुढ दलका सांसदबाट प्रमुख प्रतिपक्षी दलका नेतामाथि आधारहीन आरोप लगाइएको बताए। ‘मैले तीनपटक सुनें, सुनको जलहरीका नाममा पशुपतिनाथमा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्ने काम भएको छ, हाम्रो पार्टीको नेतामाथि यस्तो आरोप लागेको छ। यो आरोप राफसाफ नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुन सकिँदैन’, उनले भने।

बैठक सुरु हुनासाथ एमाले सांसदहरूले सिटबाट उठेका थिए। एमाले संसदीय दलका उपनेता नेम्वाङ बोल्नुअघि प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने बताइसकेका थिए। प्रतिपक्षले सत्तापक्षलाई आरोप लगाउनुपर्ने बेलामा सत्तापक्षले प्रतिपक्षलाई लगाउन थालेको उनले बताए। आधारहीन आरोप लगाउने सांसदमाथि कारबाही नभएसम्म र आरोप संसदीय रेकर्डबाट नहटाइएसम्म बैठक चल्न नसक्ने चेतावनी उनले दिएका थिए। ‘भ्रष्टाचारी जुनसुकै रूप र रंगका हुन्, जुनसुकै क्षेत्रका हुन्, सबै खालका भ्रष्टाचारीको मनोबल गिराउनुपर्ने अवस्था आएको छ, देशलाई भ्रष्टाचारमुक्त बनाएर अगाडि बढ्न नसक्ने हो भने हाम्रो समृद्धिको सपना पूरा हुनेवाला छैन। हामीले विगतका भ्रष्टाचारका अनेक फाइलहरू खोजौं, एक–एक भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याऔं भनिरहेका छौं,’ उनले भने।

उनले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरीमा सुनको सट्टा पित्तल प्रयोग भएको वा नभएको भन्ने विषयमा सरकारले प्रस्ट पार्नुपर्ने माग गरे। ‘यसको सत्यतथ्य कुरा के हो? यो के आधारमा आएको छ? के तथ्यमा आएको छ? सत्ता पक्षले प्रतिपक्षलाई यसरी सदनबाट भ्रष्टाचारको आरोप लगाउन मिल्दैन, त्यसको वास्तविकता पत्ता लगाएर सदनलाई जवाफ दिनुपर्छ। प्रतिपक्षीमाथि एकपछि अर्को गर्दै नियोजित ढंगले प्रहार गर्न खोजिएको छ, यो स्वीकार्य छैन,’ उनले भने। प्रमुख सचेतक गिरीले बोलिसकेपछि सभामुखले उनलाई बस्न आग्रह गरे। त्यसपछि उपनेता नेम्वाङले बोलेका थिए।

बैठक सुरु हुनासाथ एमाले सांसदहरूले सिटबाट उठेका थिए। एमाले संसदीय दलका उपनेता नेम्वाङ बोल्नुअघि प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने बताइसकेका थिए।

एमाले सांसदलाई आ–आफ्नो स्थानमा बस्न सभामुखले पटकपटक आग्रह गरिरहे तर उनीहरू बसेनन्। यसैबीच माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा बोल्न पाइने बताए। उनले जलहरीबारे छानबिन हुनुपर्ने माग गरे। त्यसक्रममा एमाले सांसदले नाराबाजी गर्दै ‘रोष्ट्रम’ घेराउ गरेका थिए। त्यसपछि सभामुखले बैठक स्थगित गरे। बैठक स्थगित भएपछि सभामुख देवराज घिमिरेले प्रमुखसचेतक र सचेतकहरूसँग छलफल गरे। त्यो छलफलमा एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला सहभागी थिए। उनीहरूले आरोपका विषयमा सरकारले जवाफ दिनुपर्ने, आरोप लगाउने सांसदले माफी माग्नुपर्ने माग गरे। 

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने संसदीय छानबिन समिति बनाउन प्रस्ताव गर। तर सहमति जुटेन। स्थगित भएको २ घण्टासम्म पनि सहमति नजुटेका कारण संसद् सुरु हुन सकेन। संसद् सचिवालयले सूचना निकालेर बैठक ३ बजेसम्मका लागि सार्यो। ३ बजे पनि बैठक सुरु हुन नसकेपछि सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग पुनः छलफल गरे। तर सहमति नभएपछि फेरि साँझ ६ बजेसम्म बैठक स्थगित भयो। ६ बजे पनि सहमति नभएपछि बैठक शनिबार अपराह्न ४ बजे बस्ने सूचना जारी गरिएको छ।

प्रकाशित: १३ जेष्ठ २०८० ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App