७ वैशाख २०८१ शुक्रबार
राजनीति

अध्यक्ष नेपाल न्यूजिल्याण्ड जाने

फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजिल्याण्ड जाने भएको छ। न्यूजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने सत्तरीऔं ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै छन्।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

अध्यक्ष नेपालले न्यूजिल्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले बताए।

एक साता जतिको भ्रमणका क्रममा अध्यक्ष नेपालले अस्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली संघको कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम छ।  

प्रकाशित: १२ जेष्ठ २०८० ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App