८ वैशाख २०८१ शनिबार
राजनीति

मधेशमा तीन मन्त्रीले लिए शपथ, दुईको जिम्मेवारी खोसियो

मधेश प्रदेश सरकारमा थप तीन मन्त्रीले पदको शपथ ग्रहण गरेका छ।

मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका गराएका छन्।

नेपाली काँग्रेसबाट कृष्णाप्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्री, सोही पार्टीका वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र नेकपा एसबाट गोविन्द बहादुर न्यौपानेले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीको शपथ खाएका हुन्।

यसअघि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनमत पार्टीका वसन्त कुशवाहा थिए। उनको ठाउँमा न्यौपनालेलाई ल्याइएको हो भने स्वास्थ्य तथा जनकसंख्याबाट जसपाकी नेतृ सुरतिा साहलाई हटाएर काँग्रेसका वीरेन्द्र सिंहलाई जिम्मेवारी दिइएको हो। साह र कुशवाहा अहिले बिना विभागीय मन्त्री छन्। पछि सरकारले व्यवस्थापन गर्ने बताइएको छ। तर जनमत पार्टीले नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई हटाउन सहयोग गरे मात्रै कुशवाहालाई मन्त्रालय दिने जसपा र काँग्रेसको तयारी छ।

आज मन्त्री पदमा शपथग्रहण गरेका कृष्णा प्रसाद यादव रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’, वीरेन्द्र प्रसाद सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ र न्यौपाने सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित भएका थिए।

प्रकाशित: ९ जेष्ठ २०८० ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App