coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

मधेस सरकार विस्तार हुन लागेकै बेला नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

मंगलबार बसेको माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले जानकारी दिए।

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच भएको सहमतिलाई मुख्यमन्त्री सरोजकुमार यादवले उलङ्घन गरेको भन्दै माओवादीले सरकारबाट हट्ने निर्णय गरेको हो।

माओवादी र लोसपाले दुई/दुई मन्त्रालय पाउने केन्द्रमा सहमति भए पनि जसपाले प्रदेशसभामा सो सहमति अनुसार मन्त्रालय दिन नमानेको कारण सरकार छाड्न बाध्य भएको साहले बताए।

माओवादी केन्द्रबाट उद्योग पर्यटन तथा वनमन्त्री बनेकी सुनिता यादवलाई पनि फिर्ता बोलाउने बैठकले निर्णय गरेको छ। अहिले जनमत, लोसपा र माओवादीका शीर्ष नेताहरू बैठक बसिरहेका छन्।

प्रकाशित: ९ जेष्ठ २०८० ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App