८ वैशाख २०८१ शनिबार
राजनीति

दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै नेपाली काँग्रेस

जनता समाजवादी पार्टी जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ। दुई मन्त्रालय लिएर आजै प्रदेश सरकारमा सहभागी हुँदैछ।

भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन्। रौतहट निर्वाचन क्षेत्र १ को ुकु बाट प्रदेशसभा सदस्यमा निर्वाचित यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सर्लाही निर्वाचन क्षेत्र-४ को 'क' बाट निर्वाचित सिंह कोषाध्यक्ष हुन्।

दिउँसो एक बजे प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण कार्यक्रम राखिएको नवनियुक्त भौतिक पुर्वाधार मन्त्री कृष्णप्रसाद यादवले जानकारी दिए।  

प्रकाशित: ९ जेष्ठ २०८० ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App