१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आइतबार जिल्ला अदालत काठमाडौँले  अहिलेसम्म पक्राउ परेको १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

आइतबार नक्कली भूटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आईतवार अदालतमा उपस्थित गराएको थियो। त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको न्यायधीवक्ता महेशकुमार खत्रीले बताए। उनले प्रहरीले अनुसन्धान टुङग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमवार १० बजे सम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंमा पेस गर्नुपर्ने जानकारी आएको बताए। प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पश्चात अभियोजनको काम गर्ने उनको भनाइ छ। उनले थप अनुसन्धान प्रतिवेदन आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पारिने बताए।

उनले भने, ‘संगठित अपराध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। शनिवारदेखि लागू हुनेगरी ३ दिनको म्याद थप भएको छ। प्रहरीले अनुसन्धान टुङ्ग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने सन्दर्भमा भोलि बिहान १० बजेसम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंमा पेस गर्न जानकारी आएको छ। त्यसपछि अभियोजनको कामको होमवर्कहरु गरिरहेका छौं। त्यसमा थप अनसन्धान प्रतिवेदन हामीहरुकामा आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पार्नेछौं। अहिले अनुसन्धान प्रतिवेदन आइ नसकेको हुनाले यसमा संगठित अपराध प्रतिवेदन नक्कल गरेको शरणार्थी कार्डहरु नक्कली बनाएको सरकारी कागजातहरु कृत्य र राष्ट्रकै अपमान गरेको हिसावको अध्ययन भइरहेको छ। प्रतिवेदन अध्ययन नगरी हामीले अहिले नै स्पष्ट रुपमा भन्न सक्दैनौं।’

उनले प्रहरी अनुसन्धान प्रतिवेदन आइ नसकेको हुनाले यसमा संगठित अपराध प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरु नक्कली बनाएको र राष्ट्रकै अपमान अभियोजनका विषयमा कुराकानी भइरहेको बताए। 

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन्। यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन्। 

प्रकाशित: ७ जेष्ठ २०८० १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App