७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

श्रमजीवि पत्रकारले उचित पारिश्रमीक पाउनु पर्नेमा सरकार सकारात्मक छः मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी पारिश्रमीक पाउनु पर्नेमा सरकार सकारात्मक रहेको बताएका छन्।आज न्युनतम पारिश्रमीक निर्धारण समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएकी हुन।

मन्त्री शर्माले अहिलेको परिस्थिति अनुसार कसैको पनि सेवा, सुविधा पुग्ने किसिमको नरहेको बताइन । उनले  नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा उठाएको भन्दै समानुपातिक विज्ञापनले पनि न्युनतम पारिश्रमीकको कतिपय कुरालाई समेट्ने विश्वास व्यक्त गरिन। 

उनले विज्ञापनमा एकद्वारा प्रणाली र समानुपातिक विज्ञापनले विज्ञापनमा हुने चुहावटहरु कम हुने विश्वास व्यक्त गरिन । उनले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताइन।मन्त्री शर्माले ऐन विपरित नियमावली बनेर चलाइएको भन्दै त्यसलाई व्यवस्थित गर्ने दिशामा सरकार रहेको बताइन । निर्धारण समितिले प्रत्येक २ वर्षमा न्युनतम पारिश्रमीक पुनरावलोकन हुनुपर्नेमा कोरोनाको कारण देखाइ पछिल्लो समय न्युनतम पारिश्रमीक पुनरावलोकन हुन नसकेको भन्दै नयाँ पारिश्रमीक पुनरावलोकन सिफारिस कार्यान्वयनमा ल्याउन माग गरेको छ । 

सञ्चार प्रतिष्ठानमा कार्यरत जनशक्तिले ऐन बमोजिमको सुविधान पाए, नपाएको सत्य तथ्य पत्ता लगाउन प्रभावकारी अनुगमन गर्नका लागि आवश्यक बजेट र जनशक्तिको व्यवस्था गर्न, ऐन कार्यान्वयन नगर्ने प्रतिष्ठानमा कुनैपनि सरकारी सूचना प्रकाशन÷प्रशारण गर्न नपाइने व्यवस्था गर्न लगायतका ८ वटा मागहरु सरकारसमक्ष राखेको छ।  

प्रकाशित: ७ जेष्ठ २०८० ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App