coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश सरकारमा ४ मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री थपिएका छन।मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली काग्रेस  पार्टीबाट एक तथा  नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र एक राज्यमन्त्रीलाई आज नियुक्त गरेका छन।

 उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका रमेश धामी, सामाजिक विकास मन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका झपटबहादुर साउँद र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई प्रदेश प्रमुख देवराज जोशीले  शनिवार नै पद तथा गोपनीयताको शपथ  खुवाएका छन ।

यसैगरी नेकपा माओवादी केन्द्रका गीतादेवी पाल उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएकी छन ।राज्यमन्त्री पाललाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ खुवाएका छन्।गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएर माघ २७ गते पद तथा गोपनीयताको सपथ खाएकै दिन नेपाली काँग्रेसका प्रकाश देउवालाई भौतिक पुर्वाधार विकास मन्त्री र नेकपा एस का नरेस शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरे पनी अन्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका थिएनन्।नागरिक उन्मुक्ती पार्टी भने सरकारमा अझै सहभागी भएको छैन।मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् । 

प्रकाशित: ६ जेष्ठ २०८० १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App