१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छिन्।

नेपाल सरकारका प्रवक्ता समेत रहेकी उनले सरकारले आफैं भित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढने संकल्प लिएको पनि स्पष्ट पारिन्। प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दावी समेत गरिन्।

मन्त्री शर्माले माओवादी मन्त्रीहरुले विगत र अहिले पनि अरु दलका मन्त्रीहरुले भन्दा रामो काम गरिरहेको जिकीर पनि गरिन्। बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरुले पनि गरेको हुन सक्ने स्विकार गर्दै उनले अरु दलका मन्त्रीहरुको तुलनामा भने कम गल्ती गरेको बताइन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढि सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रशंशा समेत गरिन्। मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चार माध्यामहरुलाई आग्रह गरेकी छिन्।

प्रकाशित: ६ जेष्ठ २०८० ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App