७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुदूरपश्चिम प्रदेश: सरकारलाई विस्तार गर्न नसक्दा अलमलमै बिते सय दिन

फाइल तस्बिर

देश संघीयतामा गएपछि दोश्रो पटक गत मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश शभामा कुनै पनि दलको बहुमत आएन्। ५३ सदस्यिय प्रदेश शभाका २९ (बहुमत) सदस्य पुगाएर पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका संसदिय दलका नेता राजेन्द्र सिंह रावलले बिश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार विस्तार नहुदै ढल्न पुग्यो। कुनै दलको बहुमत नपुगेकाले संविधानको धारा १६८ को २ बजोजिम रावल मुख्यमन्त्री बनेका थिए।

धारा १६८ को ३ बमोजिम प्रदेश शभामा सवैभन्दा ठूलो दलको नेताका हैसियतले नेपाली काग्रेसका संसदिय दलका नेता कमल बहादुर शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भए। माघ २७ गते प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ खाएकै दिन नेपाली काग्रेसका प्रकाश देउवालाई भौतिक पुर्वाधार विकास मन्त्री र नेकपा एकिकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्री नियुक्त गरे।

केन्द्रमा सत्तागठबन्धन बदलिएपछि बिश्वासको मत प्राप्त गर्न सहज भएपनि मुख्यमन्त्री शाहलाई मन्त्रिपरिषद विस्तार गर्न भने सकस भयो। भागबण्डामा सहमती जुटाएर सरकार विस्तारमा सहयोग गरिदिन भनेर काग्रेस सभापती शेरबहादुर देउवा लगायतका शिर्ष नेतालाई भेट्न उनी कयौपटक काठमाण्डौ पुगे। नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी र नेकपा एकिकृत समाजवादी सत्तागठन्धनमा रहेका छन्। शाह नेतृत्वको प्रदेश सरकारले १ सय दिन पार गरेको छ। सत्तागठबन्धनमा रहेका राजनीतिक दल बिच भागबण्डा नमिलेका कारण प्रदेश सरकारले अझैसम्म पुर्णता पाउन सकेको छैन। सरकार विस्तार गर्न नसक्दा ४ मन्त्रालय मन्त्री बिहिन छन। सरकारले पुर्णता नपाउदाँ प्रदेश सरकारका कामले गति लिन सकेको छैन भने प्रदेश शभा पनि बिजनेश बिहिन बनेको छ।

प्रदेश सरकारका १ सय दिन भएको अवसरमा उपलब्धी सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकार बिस्तारमा ढिलाई भएको स्विकार्दै आज शुक्रवार नै मन्त्री नियुक्त गरेर सपथ खुवाउने बताएका थिए। तर शुक्रवार पनि सरकार बिस्तार हुन सकेन्।

पत्रकार सम्मेलनमा उपस्थित रहेका नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता खगराज भट्टले १ सय दिन सम्म सरकार विस्तार हुनु नसक्नु लज्जाको बिषय भएको बताए। ‘१, २ दिनमा सरकार विस्तार हुन्छ भनेर भन्दा भन्दा पत्रकारलाई जवाफ दिन पनि अफठ्यारो लाग्ने अवस्था भयो’उनले भने,‘सरकार विस्तारमा भएको ढिलाई आत्म आलोचनाको बिषय भएको स्विकार्नु पर्छ।’ नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएर सिफारिस गरिसकिएको उनले बताएका थिए। माओवादी केन्द्र भित्र मन्त्रीका अकांक्षी बिच रस्साकस्सी चलिरहेको श्रोतले बताएको छ।

यसैबिच प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदिय दलका नेता राजेन्द्र सिंह रावलले पत्रकार सम्मेलन गरेर १ सय दिनसम्म प्रदेश सरकार विस्तार समेत नगरेर प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री घुमघाममा मात्र व्यस्त रहेको भन्दै टिप्पणी गरेका छन। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सदूरपश्चिम प्रदेश शभामा नेपाली काग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ती पार्टीका ७, नेकपा एकिकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेश शभा सदस्य रहेका छन।

प्रकाशित: ५ जेष्ठ २०८० १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App