२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार कुहिरोको कागजस्तो दिशाहिन स्थितिमा छः नेता गिरी

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुको प्रश्नको जवाफ गम्भिरतको साथ नदिएको बताएका छन्।

बिहीवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीबाट गम्भिरता र महत्वका साथ प्रश्नको जवाफ नआएको बताएका हुन्।

प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सिमित भएको उनको भनाइ थियो। उनले मुलुकमा आर्थिक संकट भएपनि समस्याको समाधान गर्ने ठोस योजनाहरुसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको जिकिर गरे। 

सरकार कुहिरोको कागजस्तो दिशाहिन अवस्थामा रहेको उनले बताए। प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी आउनुपर्ने बताएका छन्।

प्रकाशित: ४ जेष्ठ २०८० १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App