२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधारित भएर ल्याउन हुँदैनः पूर्वमन्त्री डा.खतिवडा

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधारित भएर नल्याउन आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन्।

उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर राख्दा अर्थतन्त्रमा देखिएको अवस्थाको मूल्याङ्कन गरेर बजेट ल्याउनुपर्ने बताए। उनले चालु आर्थिक वर्षको अन्त्यसम्म २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन नसक्ने अवस्था देखिएको बताए।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरमा ४ प्रतिशत कायम हुने अनुमान भएपनि २ प्रतिशत भन्दा तल झर्नसक्ने अवस्था देखिएको उनले उल्लेख गरे। उनले अबको तीन महिनामा १ प्रतिशत पनि आर्थिक वृद्धि हुने अवस्था नभएको बताए। उनले चालु आवको दुई त्रैमासिकमा आर्थिक वृद्धिदर कम हुँदा आर्थिक मन्दी हुने तर २ प्रतिशत नेगेटिभमा गएको आर्थिक सिथिलता देखिएको बताए।

उनले आर्थिक मन्दी भएपनि अर्थतन्त्रका सूचकहरु नेगेटिभ नभएको भन्दै अर्थतन्त्रमा मन्दी हो वा सानो धक्का मात्रै देखिएको भन्ने विषयमा बहस छलफल हुन जरुरी रहेको बताए। उनले वर्तमान सरकारले आगामी बजेट आर्थिक वृद्धिदर २ प्रतिशत यति प्रतिशतले राजश्व,आन्तरिक ऋण र त्यसैको आधारमा बजेट आकार बनाए अर्थतन्त्र थप बिग्रने बताए।

उनले भने,‘अहिले मुलुक आर्थिक मन्दीमा छ। आर्थिक वृद्धिदर दुई तीन क्वाटर तल गयो भने मन्दी हुन्छ भनेका छौं यहाँ त नेगेटिभ भइसक्यो। मन्दी भएपछि बैंकको ब्याजदर पनि तल जानुपर्ने हो। मूल्यवृद्धिदर पनि तल जानुपर्ने हो। अर्थतन्त्रका धेरै परिसूचकहरु तल जानुपर्ने हो।  त्यो भइरहेको छैन। मन्दी हो वा सानो धक्का मात्रै हो अर्थतन्त्रमा यसको बहस छलफल धेरै हुन जरुरी छ। अर्थतन्त्र सिथिल छ। आर्थिक वृद्धि बजेटले ८ प्रतिशत भनेको थियो। मैले त्यो बेला सरकारले आधा पु¥यो भने धन्यवाद दिउँला भनेको थिएँ। ४ प्रतिशत मैले नै दिएको थिएँ। त्यो पनि आधा भयो। अबको तेस्रो क्वाटरमा नेगेटिभमा जाला त्यस्तो भयो भने चालु आर्थिक वर्षमा २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ कसरी? मलाइ होला जस्तो लागेको छैन। त्यसले ल्याउने जोखिम के हो भने आर्थिक वृद्धिदर २ प्रतिशत हुन्छ। त्यसको यतियति प्रतिशतले राजश्व,आन्तरिक ऋण उठाउँछौं र त्यसैको आधारमा यति आकारको बजेट बनाउँछौं। भन्यो भने बसंै कुरा विग्रने वाला छ। आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधाररित भएर यदी बन्दै छ भने त्यस्तो बजेट कृपया नबनाउनु होला। चालु आर्थिक वर्षको बजेटबाट सिक्नुहोला ? बजेटको साख यसरी धुमिल हुन्छ।’

प्रकाशित: ४ जेष्ठ २०८० १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App