१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेश: सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले नेकपा माओवादी र जसपालाई सरकारबाट बाहिरिन आग्रह गरेको छ।

कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले एमाले नेतृत्वको सरकारमा समावेश भएका माओवादी केन्द्र र जसपालाई सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन आग्रह गरेको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबारको बैठकले सरकारमा सहभागी माओवादी केन्द्र र जसपालाई सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरीन आग्रह गरेको जानकारी दिए।

थापाले भने,‘प्रदेशमा बजेट ल्याउने समय नजिकिइरहेकाले केन्द्रमा रहेको १० दलिय गठबन्धनमा सामेल दलहरूको प्रदेशको बजेटका विषयमा साझा  धारणा तयार गर्न तत्कालै नेकपा माओवादी केन्द्र र जसपालाई  समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन बैठकले  आग्रह गरेको छ।’

थापाका अनुसार संसदीय दलको बैठकले कोशी नामाकरणको विषयमा असन्तुष्ट पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेको छ। यस्तै प्रदेश सरकारले आन्दोलनलाई दमन गर्ने सोच त्यागेर तत्काल वार्ता समिति गठन गरी असन्तुष्ट पक्षको माग सम्बोधनका लागि पहल गर्न पनि कांग्रेसको संसदीय दलको बैठकले आग्रह गरेको छ।

यस्तै  गाईहरूमा देखिएको लम्की स्किन रोग नियन्त्रणको काम थाल्न, किसानलाई समयमै मल, वीउ उपलब्ध गराउन, प्रदेशका विभिन्न जिल्लामा असिनाले बालिनाली र फलफुलमा क्षेति पु¥याएका कारण क्षतिको बिबरण संकलन गरी किसानलाई राहत दिन पनि कांग्रेसको संसदीय दलको वैठकले माग गरेको छ। यस्तै प्रदेशसभाले सांसदहरूलाई वितरण गर्न खरिद प्रक्रिया थालेको ल्यापटप खरिदको प्रक्रिया रोक्न वैठकले माग गरेको छ। वैठकले प्रदेश सभाले ल्यापटक खरिद गरेको खण्डमा त्यस्तो ल्यापटक कांग्रेसका प्रदेश सभा सदस्यहरूदे नलिने निर्णय पनि गरेको संसदीय दलका नेता थापाले जानकारी दिए।  

प्रकाशित: ४ जेष्ठ २०८० १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App