१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसद ज्ञानबहादुर शाहीको प्रश्नः के तपाईहरु भ्रष्टाचार छानविन गर्न तयार हुनुहुन्छ?

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचार काण्डहरुको बेलिविस्तार लाउँदै ती सबै काण्ड छानविन गर्न पार्टी, पंक्ती, दल भन्दा माथि उठेर कानुन बनाउन सबै दललाई चुनौती दिएका छन्।

उनले सोमबारको प्रतिनिधिसभा बैठकमा भने, ‘सुडान काण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, चाइना साउथ वेस्थ, एनसेल, चमेलिया, अमेरिकाबाट आएको ४० करोडको स्रोत नभएको काण्ड, बुढीगण्डकी काण्ड, सिसिटिभी फुटेज काण्ड, वाइडबडी काण्ड, ३३ किलो सुन काण्ड, फोरजी, न्यारोबडी काण्ड, महराको टेप काण्ड, लडाकु काण्ड, बुढीगण्डकी काण्ड, ललितानिवास काण्ड, २५ मेघावाटको सोलार काण्ड, सिसिटिभी काण्ड यी सबै छानविन गर्न तयार हुनुहुन्छ।  पार्टी, पंक्ती, दल भन्दा माथि उठेर तपाईहरु कानुन बनाउन तयार हुनुहुन्छ। तयार हुनुहुन्छ भने यहीबाट बनाऔं। सडक आन्दोलनबाट होइन सदनबाटै बनाऔं।’

उनले अगाडी भने, ‘तिमि हेरे जस्तो गर्नु, म देखे जस्तो गर्छू। तिमि खेदे जस्तो गर्नु म दौडेजस्तो गर्छु। अहिले यही भइरहेको छ। यसरी भ्रष्टाचार निर्मुल हुदैन।’ सांसद शाहीले भ्रष्टाचार गर्नेको तीन पुस्ते हरण गर्ने र आजिवन कारवास ठोक्ने कानून नबनाएसम्म निर्मुल नहुने बताए।

सांसद शाहीले भने, ‘कुरोले ठिक्क कामले दिक्क भएको छ यो सांसद। भ्रष्टाचारलाई निर्मूल पार्नका लागि म्याद हदबन्दी भनिएको छ। पाँच बर्ष मात्र छानविन गर्न पाउने भनेर यही सदनबाट मस्यौदा गएको छ।’

‘यही संसदभित्र भएका व्यक्तिहरुको नाम भ्रष्टाचारमा जोडिएको छ। आफ्नो नजोडिएपनि आसेपासेको नाम जोडिएको छ। त्यसैले भ्रष्टाचारको कानून बनाउने उत्तम थलो नै सदन हो र यहीबाट कानुन बनाउनुपर्छ’, उनले भने।  

सांसद शाहीले भ्रष्टाचारीको आरोप लागेकाहरु स्वयंमले भ्रष्टचारी मुर्दावाद भनीरहेको उल्लेख गरे। ‘एउटा गाँउमा चोर आएछ। गाँउले चोर आएको थापा पाएछन्। चोर चाही पछाडीबाट भाँगेर गाँउलेहरुको भिडमा मिसिएछ। त्यहीबाट चिच्चाउन थालेछ। अहिले मात्र होइन ३४ बर्षदेखि यही भइरहेको छ’, उनले भने। सांसद शाहीले आरोपितहरु पनि भ्रष्टाचार मूर्दावाद भन्दै हिडिरहेको उल्लेख गरे।

प्रकाशित: १ जेष्ठ २०८० ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App