१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाँच विद्यार्थी संगठनले संयुक्त कार्यक्रम गर्दै,दाहाल,नेपाल र विप्लव लगायत सहभागी हुने

विद्यार्थी एकता दिवसको अवसर पारेर पाच विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्।

नेकपा माओवादी र नेकपा निकट अखिल क्रान्तिकारी,नेकपा एस निकट अनेरास्ववियु,राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ र नेसपा निकट समाजवादी विद्यार्थी युनियनले कार्यक्रमा आयोजना गर्न लागेका हुन्।

जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एसका अध्यक्ष माधव नेपाल सहभागी हुनेछन्।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए।विद्यार्थीहरुमा एकताको सन्देश दिन आफूहरुले संयुक्त कार्यक्रम गर्न लागेको उनले बताए।

प्रकाशित: ३१ वैशाख २०८० १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App